काठमाडौं । काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका–५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका–४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योती रहेकी छिन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता अनुरागकुमार द्विवेदीका अनुसार उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो ।
उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्यावृत्तिमा लगाएका थिए। पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन्। सोही उजुरीका आधारमा उनीहरु आलेमागर र लिम्बु पक्राउ परेकी हुन् ।
काठमाडौं जिल्ला अदालतको साउन १७ को आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको प्रवक्ता द्विवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया