नारायणकाजी श्रेष्ठप्रति गोकुल बाँस्कोटाको झटारो : ‘मन्त्री बन्ने मुर्छित सपना पूरा भएन’

लोकपथ
1.6k
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओावादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकारमा सामेल हुनेबारे प्रतिक्रिया जनाएका छन् ।

वर्तमान सरकारमा श्रेष्ठ सामेल हुने भने पनि प्रधानमन्त्रीले श्रेष्ठलाई अहिले मन्त्रीमा सामेल नगराउने भनेको दाबी गरेका छन् ।

सोमबार ट्वीट गर्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले मन्त्री बन्ने श्रेष्ठको दुई वर्षअघिदेखिको सपना पूरा नभएको समेत बताए ।

‘यता पानीबाट घ्यु निकालौँलाझैँ गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा पानीमा मदानी घुमाइरहने उता सुप्रिमोकै अनुरोधमा देउवाले काजी कमरेडलाई दुई वर्षदेखिको मन्त्री बन्ने मुर्छित सपना पूरा गर्न सक्दिन भन्देछन् । हैट गाह्रो रै छ हो राजनीतिको खिचडी पाक्न !!!’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?