दार्चुला घटनाबारे गृहमन्त्रीले भने- ‘छानबिन समितिको निर्णय आएपछि जुनसुकै अडान पनि लिन्छौँ’

लोकपथ
169
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे छानबिन समितिको निर्णय आएपछि जुनसुकै अडान लिन पनि सरकार तयार रहेको बताएका छन् ।

आज राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै गृहमन्त्री खाणले अहिले छानबिन भइरहेकाले त्यसबारे धेरै बोल्न नमिलेको समेत बताए ।

‘यो घटना संवेदनशील छ र यसमा छानबिन समितिले काम गरिरहेको छ । छानबिन प्रभावित हुनेगरी हामीले राय दिन मिलेन । छानबिनबाट आएको निष्कर्षमा हामी जुनसुकै अडान लिन तयार छौँ ’ गृहमन्त्री खाणले भने ।

आजको बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले भारतसँग कुरा नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?