एन्फा प्रवक्ता राईले दिए राजीनामा

लोकपथ
325
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन् । प्रवक्ता राईले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

 

May be an image of 3 people, including Kiran Rai and people standing

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?