पोर्नोग्राफी प्रकरणमा बोलिन् शिल्पा शेट्टी, ‘आधा-अधुरो कुरामा कमेन्ट नगर्नुहोस्’

लोकपथ
2.3k
Shares

काठमाडौं । बलिउड एक्ट्रेस शिल्पा शेट्टीलाई पछिल्लो समय निकै महँगो साबित भएको छ । पति राज कुन्द्रा पोर्न फिल्मका कारण अहिले प्रहरी हिरासतमा छन् ।

राज गिरफ्तार भएपछि शिल्पा पनि घरमै बसिरहेकी छिन् । केही दिनअघि पोर्नोग्राफी प्रकरणमा पति राज कुन्द्राको गिरफ्तारीपछि मुम्बई क्राइम ब्रान्चको तर्फबाट भएको सोधपुछका क्रममा बलिउड अभिनेत्री शिल्पा सेट्टी मिडियामाथि खनिएकी थिइन् ।

पोर्नोग्राफी प्रकरणमा बोलिन् शिल्पा :

‘मेरा लागि पछिल्लो समय धेरै मुश्किल भएको छ । मैले धेरै आरोपहरुको सामना गर्नुपर्‍यो । मेरो र मेरा परिवारको बारेमा मिडियामा पनि धेरै कुराहरु आए । मलाई त्यसबारेमा केही पनि बोल्नु छैन । तर मेरो बारेमा झुटो कुराहरु नबनाउनुहोस् ।’ शिल्पाले भनेकी छिन् , ‘अझै पनि अनुसनधान चल्दै छ । मलाई मुम्बाई पुलिस र न्यायालयप्रति पूर्ण विश्वास छ । घरमा मेरा बच्चाहरु छन् । परिवारको प्राइभेसीको बारेमा नबोल्दिनुहोस् । आधा-अधुरो कुरामा कमेन्ट नगर्नुहोस् ।’राज कुंद्रा

शिल्पाले २९ मिडियाकर्मीहरु र मिडिया घरानाविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् । पति राज कुन्द्राको पोर्नोग्राफी केसमा गलत रिपोर्टिङ गर्दै मिडियाले छवि खराब गरिदिएको उनको आरोप छ ।

राज कुन्द्रामाथि पोर्नोग्राफी फिल्म बनाउने र केही ऐप्समार्फत यसलाई प्रशारण गर्नेगरेको अभियोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?