कोमल वलीको प्रश्न : ‘दार्चुला घटनामा सरकार छानबिन समिति बनाएर बस्ने कि भारतसँग कुरा गर्ने ?’

लोकपथ
195
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद कोमल वलीले महाकालीमा दार्चुलाका युवा जयवीर धामीको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले सरकारले भारतसँग तत्काल पहल गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सांसद वलीले तुइन काटिएको घटनामा सरकारले समिति बनाएर मात्रै बस्ने कि भारतसँग कुरा गर्ने भन्दै प्रश्न गरेकी छिन् ।

‘तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकारले समिति बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ ?’ उनको प्रश्न थियो, ‘कि सरकारले यसलाई कम्फरटेबल बनाउन खोजेको हो ?’

गत शुक्रबार दार्चुलाबाट काठमाडौं आउने क्रममा भारतीय सुरक्षाकर्मीले ३३ वर्षीय जयवीर धामी चढेको तुइन काटिदिएका थिए । बेपत्ता धामीको अवस्थाबारे सत्यतथ्य पत्ता लगाउनका लागि आइतवार सरकारले छानबिन समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?