फिल्म ‘अर्ध’मा राजपाल यादव मुख्य भूमिकामा देखा पर्दै, रुबिना दिलैकको डेब्यू

लोकपथ
1.5k
Shares

काठमाडौं । बलिउडका सिंगर, म्यूजिक कम्पोजर एवं डाइरेक्टर पलाश मुच्छल वेब सिरिज ‘रिक्सा’को सफलतापछि अहिले फिल्म ‘अर्ध’को तयारीमा जुटेका छन् ।

फिल्म अर्धमा चर्चित कमेडियन राजपाल यादव मुख्य भूमिकामा देखा पर्दै छन् । फिल्ममा अभिनेत्री रुबिना दिलैकले डेब्यू गर्दै छिन् ।

 

फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुने डाइरेक्टर मुच्छलले जानकारी दिएका छन् ।

फिल्म अर्धमा राजपालले आफ्नो पारिश्रमिक १.२५ भारु भएको तर बाँकी जति दिन मन लाग्छ त्यति दिए हुने बताएको कुरा डाइरेक्टर मुच्छलले खुलासा गरेका छन् ।

फिल्मको स्क्रिप्ट पढेपछि राजपाल निकै उत्सुक र खुशी भएको डाइरेक्टर मुच्छलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?