स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

लोकपथ
117
Shares

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा घोषणा गरेका हुन् ।

उनले भने,‘सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा लिँदिन।’ उनले आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?