लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई हटाउन विपक्षी गठबन्धनका नेता प्रदेशप्रमुखलाई भेट्दै

लोकपथ
78
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलाई हटाउन विपक्षी गठबन्धनका नेता प्रदेशप्रमुख अमिक शेरचनलाई भेट्न जाँदै छन् ।

अल्पमतमा परेका पोखरेलले राजीनामा दिन आनाकानी गर्न थालेपछि गठबन्धनका नेता प्रदेशप्रमुख शेरचनलाई भेट्न जान लागेका हुन् ।

त्यस्तै गबन्धनबाट मुख्यमन्त्री प्रस्ताव गरिएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ र प्रदेश सभामुख पूर्ण घर्ती केही दिनअघि यसै विषयमा छलफल गर्न काठमाडौं आएका थिए ।

गत शनिबार काठमाडौं छिरेका केसी र घर्ती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्य गठबन्धनका नेताहरूसँगको भेटघाट गरेका थिए ।

गठबन्धनबाट केसीलाई माओवादीका १८ जना, कांग्रेसका १९ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जनाले समर्थन गरेका छन्। केसीको पक्षमा प्रदेश सभाका ४१ जना सांसदले समर्थन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?