अनु मलिकमाथि इजरायलको राष्ट्रगानको धुन चोरेको आरोप, ओलम्पिकमा खुल्यो पोल

लोकपथ
4.6k
Shares

काठमाडौं । म्यूजिक कम्पोजर साथै इन्डियन आइडल सिजन-१२ का जज अनु मलिकमाथि इजरायलको राष्ट्रगानको धुन चोरेको आरोप लागेको छ ।

अनु मलिक बलिउड इन्डस्ट्रीका सबैभन्दा चर्चित र सफल म्यूजिक कम्पोजर हुन् ।

अनु मलिकले फिल्म ‘दिलजले’को गीतमा इजरायलको राष्ट्रगानको धुन कपि गरेको आरोप लागेको छ । यसै बारेमा अहिले उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

कसरी खुल्यो पोल ?

जापानमा जारी टोकियो ओलम्पिकमा इजरायलले आइतबार दोस्रो गोल्ड मेडल जितेको थियो । सोही क्रममा इजरायलको खेलाडीका सम्मानमा इजरायलको राष्ट्रगान बजाइएको थियो ।

 

भारतमा रहेका ओलम्पिक फ्यानहरुले उक्त खेल हेरिरहेका थिए । इजरायलको राष्ट्रगान बज्दा फिल्म दिलजले ट्युन बजेपछि प्रसङ्ग सुरु भएको थियो ।

बलिउड स्टार अजय देवगनको फिल्म दिलजलेको गीत ‘मेरो मुलुक मेरो देश’को ट्यून र इजरायलको राष्ट्रगानको ट्यून मिलेपछि सामाजिक सञ्जालमा अनु मलिकको ट्रोल भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?