४ पूर्वमन्त्रीको रिटमा आज सुनुवाइ हुँदै

लोकपथ
91
Shares

काठमाडौं । पार्टी विभाजनपछि एमालेमा नै बसेका ४ पूर्वमाओवादी नेताहरुले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

पूर्वमन्त्री समेत रहेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले सर्वोच्चमा पद पुनर्बहालीको मागसहित रिट दायर गरेका थिए ।

यसअघि बुधबार हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ ।

उनीहरुले आफूहरु एमालेमा रहेपनि एमाले प्रवेश नगरेको जिकिरसहित साउन १३ गते सर्वोच्चमा रिट दर्ता गर्दैै पद पुनर्बहालीको माग गर्दै रिट दर्ता गरेका थिए ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजी गरी पार्टीलाई पूर्ववत् रुपमा फर्काइदिएको थियो । मुद्दा दर्ता गर्ने ४ सांसदसहित गरी ८ जना नेताहरु एमालेमा नै बस्ने बसेका थिए । ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेका उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेपछि पदविहीन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?