काठमाडौं । बलिउडमा हरेक किसिमका फिल्म देख्न सकिन्छ । एक्सन, मनोरन्जन, रोमान्टिक, लभस्टोरी, ट्रयाजिडी, आदि ।
माथि उल्लेख भएका भन्दा फरक र निकै नै चर्चित फिल्म हो राममायण । हिन्दु धर्मको पौराणिक कथा बोकेको कारण पनि रामायण निकै चर्चामा आउने गरेको छ ।
बलिउडमा पनि रामायण धेरै पटक रिलिज भएको छ । फरक–फरक कलाकारले आफ्नो फरक–फरक प्रस्तुति दिएका छन् ।
रामायण भन्नासाथ सबै जनालाई भगवान् राम र सीताको याद आउँछ । बलिउडका धेरै कलाकारले भगवान् सीताको क्यारेक्टरमा काम गरेका छन् ।
आज हामी बलिउडका त्यस्ता कलाकारको कुरा गर्दै छौँ जसले रामायणमा सीताको रुपमा काम गरेका छन् ।
आलिया भट्ट :
बलिउडकी ट्यालेन्टेड एक्ट्रेसमध्ये एक हुन् आलिया भट्ट । बाहुबलीका डाइरेक्टर एसएस राजमौलीको फिल्म ‘आर आर आर’मा आलिया भट्ट सीताको भूमिकामा देखिने भएकी छिन् ।

फिल्ममा उनी सीताको भूमिकामा निकै राम्री देखिएका कारण निकै चर्चा कमाएकी थिइन् । फ्यानहरु उक्त फिल्मको प्रतीक्षामा छन् ।
दीपिका पादुकोण :

दीपिका पादुकोण पनि एउटा मात्र नभई दुईवटा फिल्ममा सीताको भूमिकामा देखिँदै छिन् ।निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा दीपिका पादुकोण सीताको रुपमा दिखिने भएकी हुन् ।
करीना कपूर खान :

‘सीता दी इन्कारनेसन’ फिल्ममा करीना कपूर खानको नाम आएको थियो । तर उनले सीताको रोलका लागि १२ करोड भारुको माग गरेपछि उनले सीताको रोल नगर्ने भएकी छिन् ।
कृति सेनन :

कृति सेनन पनि एक फिल्ममा सीताको रोलमा देखिने भएकी छिन् । कृति सुपरस्टार प्रभासको फिल्म आदिपुरुषमा सीताको रोल गर्न लागेकी हिुन । उक्त फिल्ममा एक्टर सैफ अली खान रावणको रोल गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया