यूनियन लाइफको स्पेसल प्रि ओपन सेसनमा प्रतिकित्ता ३४२ को रेञ्ज

लोकपथ
56
Shares

काठमाडौ । सोमबार स्पेशल प्रि ओपन सेसनमा यूनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबारमा प्रतिकित्ता ३४२ रुपैयाँले १० कित्ता शेयर खरिदबिक्री भएको छ।

यस कम्पनीको शेयर हिजो अर्थात साउन १७ गते नेप्सेमा सूचीकृत भएको थियो।

त्यसैगरी, यूनियन लाइफले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्मको ओपनिङ रेञ्ज पाएको थियो। इन्स्योरेन्सको सेयर युएलआई स्टकरमा कारोबार भएको हो।

कम्पनीको आईपीओ गत असार ३१ गते बाँडफाँट भएको हो । उक्त आईपीओ योग्य २१ लाख १२ हजार ७९९ आवेदकमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?