काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा आजको लागि पेसी तोकिएको हो ।
निर्वाचन आयोगले जसपाको उपेन्द्र बाबुराम पक्षलाई आधिकारिकता दिएपछि महन्थले आफूमाथि अन्याय भएको भन्दै रिट निवेदन दर्ता गराएका थिए ।
आयोग र उपेन्द्र पक्षलाई समेत विपक्षी बनाइएको उक्त रिटमा आज सुनुवाई हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया