सुनको मूल्यमा सामान्य गिरावट

लोकपथ
520
Shares

काठमाडौं । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सोमबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ ।आइतबार प्रतितोला चाँदी १ हजार २ सय ८५ रहेको थियो । भने आज सोहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?