भारतको कोभिड-१९ खोप अभियानअन्तर्गत ३८ करोड ५० लाख नागरिकलाई खोप

लोकपथ
105
Shares

नयाँ दिल्ली । भारतले आफ्ना सम्पूर्ण नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानअन्तर्गत हालसम्म ३८।५० करोड नागरिकलाई खोप लगाइसकेको छ । भारतमा एक दिनमा करिब ३० लाख मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिएको छ ।

सरकारी प्रतिवेदनका अनुसार १८ देखि ४४ वर्ष उमेरसमूहका करिब १२ करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतका ३७ प्रान्त र केन्द्र प्रशासित राज्यहरुमा १८ देखि ४४ वर्ष उमेर समूहका ११ करोड ५९ लाख ५० हजार ६१९ जनालाई खोप लगाइएको छ ।

जसमा ४० लाख १९ हजार ८९ जनालाई दुवै डोज खोप लगाइएको छ ।

यही उमेरसमूहका १५ लाख ४८ हजार ९८२ जनालाई एक दिनमा पहिलो डोज र एक लाख १९ हजार १२१ जनालाई दोस्रो डोज खोप लगाइएको छ ।

१८ देखि ४४ वर्ष उमेर समूहका ५० लाखभन्दा बढीलाई पहिलो खोप आठ प्रदेशहरु उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, तमिलनाडु, बिहार, गुजरात, कर्नाटक र महाराष्ट्रमा सञ्चालन भइसकेको छ ।

आंध्र प्रदेश, असम, छत्तीसगढ़, दिल्ली, हरियाणा, झारखंड, केरला, तेलंगाना, हिमाचल प्रदेश, ओडिशा, पंजाब, उत्तराखण्ड, र पश्चिम बंगालले १८ देखि ४४ वर्ष उमेर समूहका १० लाखभन्दा बढीलाई पहिलो डोज खोप लगाइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?