काठमाडौं । बलिउडका रोमान्टीक किङका उपनामले चिनिने अभिनेता हुन् इमरान हाशमी । विशेष गरी किस सिनका कारण चर्चामा रहेका इमरान अब केही फरक क्यारेक्टरमा देखिने भएका छन् ।
इमरानले एउटा ठूलो प्रोजेक्टमा काम गर्न लागेको बताइसकेका छन् । इमरान बलिउडका सुपरस्टार सलमान खानको फिल्म टाइगर-३ मा देखिने भएका छन् ।
टाइगर-३ का लागि इमरानले बडी ट्रान्स्फर्मेसन गरेका छन् । इमरानले आफ्नो एक तस्बिर सेयर गरेका छन् जुन तस्बिरले सबै जना चकित परेका छन् ।
टाइगर-३ का लागि इमरानले आफ्नो ज्यान बनाएका छन् । टाइगर-३ मा इमरानले सलमानलाई टक्कर दिने भएका छन् ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया