वर्षाका कारण वेस्ट इन्डिज र पाकिस्तानबीचको तेस्रो टी-ट्वेन्टी खेल रद्द

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तान र घरेलु टोलीबीचको तेस्रो टी-ट्वेन्टी खेल वर्षाका कारण रद्द भएको छ।

गुयानास्थित प्रोभिडेन्स स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। वर्षाले असर गर्नुभन्दा पहिले खेलिएको १.२ ओभरसम्म ओपनरद्वय आन्द्रे फ्लेचर र क्रिस गेल क्रिजमा थिए। फ्लेचरले १४ रन बनाउँदा गेल १ रनमा अविजित थिए।

त्यस पश्चात् वर्षाका कारण रोकिएको खेल शुरु हुन सकेन र तेस्रो टी-ट्वेन्टी खेल रद्द हुन पुग्यो। यसका साथै चार टी-ट्वेन्टी खेलको शृंखलामा पाकिस्तानले १-० को अग्रता लिएको छ। पहिलो र तेस्रो खेल वर्षाले रद्द हुँदा दोस्रो खेलमा पाकिस्तान विजयी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?