टोकियो ओलम्पिक: भारतकी पीभी सिन्धुले जितिन् काश्य पदक, बनिन् दुई ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत भारतीय ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले काश्य पदक जितेकी छिन्।

पीभी सिन्धुले आइतवार चीनकी हे बिङ जियाओलाई पराजित गर्दै ओलम्पिक खेलमा दुई पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल भएकी हुन्। सिन्धुले हे बिङ जियाओलाई २१-१३ र २१-१५ को सेटमा पराजित गर्दै काश्य पदक जित्न सफल भएकी हुन्।

पुरै खेलको दौरान निकै संयमित देखिएकी सिन्धुले प्रतिद्वन्दीलाई कुनै पनि मौका दिइनन्। सेमी फाइनल खेलमा विश्व नम्बर १ टाइ जु यिङसँग पराजित भएकी सिन्धुले काश्य पदक खेलमा भने पदक जित्न सफल भएकी हुन्।

सन् २०१६ रियो ओलम्पिकमा रजत पदक जितेकी सिन्धुले यस पटकको टोकियो ओलम्पिकमा काश्य पदक जित्न सफल भइन्। यस जितसँगै लगातार दुई ओलम्पिकमा पदक जित्ने उनी पहिलो भारतीय महिला खेलाडी भएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?