टोकियो ओलम्पिक: अस्ट्रेलियाकी एम्मा मेक्कियोनले जितिन् कीर्तिमानी ७ पदक

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत अस्ट्रेलियाकी पौडी खेलाडी एम्मा मेक्कियोनले कीर्तिमानी ७ पदक जितेकी छिन्।

एम्मा मेक्कियोनले जारी टोकियो ओलम्पिकमा ७ पदक जित्ने क्रममा ४ स्वर्ण पदक तथा ३ काश्य पदक जितेकी हुन्। कुनै पनि ओलम्पिकमा ७ पदक जित्ने उनी पहिलो महिला पौडी खेलाडी भएकी छिन्। त्यस्तै ओलम्पिकमा यो किर्तिमान रच्ने उनी कुनै पनि खेल विधामा मात्र दोस्रो महिला खेलाडी बन्न सफल भएकी छिन्।

उनले आइतवार सम्पन्न ५० मीटर फ्रि-स्टाइल र महिला ४*१०० मीटर मेडले रिलेमा स्वर्ण पदक जित्दै सो कीर्तिमान रचेकी हुन्। मेक्कियोनले सो कीर्तिमान रच्दै माइकल फेल्प्स, मार्क स्पिल्ट्ज र म्याट वियोन्डीको कीर्तिमान बराबरी गरेकी छिन्।

२७ वर्षीय मेक्कियोनभन्दा अघि एउटै ओलम्पिकमा ७ पदक जित्ने खेलाडी सोभियत जिम्नास्ट मारिया गोरोखोभस्काया थिइन्। उनले सन् १९५२ हेलसिन्की ओलम्पिकमा २ स्वर्ण तथा ५ रजत पदक जितेकी थिइन्।

टोकियो ओलम्पिकमा एम्मा मेक्कियोनका पदक

महिला १०० मीटर फ्रि-स्टाइल: स्वर्ण
महिला ४१०० फ्रि-स्टाइल रिले: स्वर्ण
महिला ४१०० मीटर मेडले रिले: स्वर्ण
महिला ५० मीटर फ्रि-स्टाइल: स्वर्ण
मिक्स्ड ४१०० मीटर मेडले रिले: काश्य
महिला १०० मीटर बटरफ्लाई: काश्य
महिला ४२०० मीटर फ्रि-स्टाइल रिले: काश्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?