१२ घण्टा नवित्दै छिन्नमस्ता शक्तिपीठबाट चोरी भएको मुकुट फेला

लोकपथ
5.1k
Shares

सप्तरी । नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) सोमवार विहान फेला परेको छ ।

आइतवार साँझ ७ बजेतिर चोरी भएको मुकुट विहान ७ बजेतिर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्त एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । मुकुट चोरी गर्ने विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का राजेश मण्डललाई नियन्त्रण लिएको उनले बताए ।

उनका अनुसार पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको छ । बरामद गरिएको मुकुट सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

साँझ मुकुट चोरी भएसँगै घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खोजी कार्य थालिएको थियो भने बोर्डर समेत सिल गरिएको थियो । राति १० बजेतिर घटनास्थलमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य समेत घटना स्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?