मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

लोकपथ
119
Shares

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्री छान्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

आजको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने एक नेताले जानकारी दिए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र, नेकपा(एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन गरेको छ । यद्यपी जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ भने माधव नेपाल पक्षपनि तत्काल सरकारमा नजाने अवस्थामा रहेको छ ।
आज माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र जसपालाई समेटेर छिट्टै मन्त्री विस्तार गर्नेछन् ।

माओवादीको तर्फबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री भइसकेका छन् । गठबन्धन सरकारमा अब माओवादीले पाँच जना मन्त्री पाउने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?