बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ, २२ असोज ः बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?