व्रत बस्नुका यस्ता छन् फाइदाहरू

लोकपथ
182
Shares

व्रत बस्नुलाई धेरैले धार्मिक भावनासँग जोडेर हेर्ने गर्छन् । व्रत कोही धार्मिक दृष्टिकोणबाट बस्छन् भने कोही शारीरिक दृष्टिकोणले पनि बस्ने गर्छन् । जुनसुकै उद्देश्य भाव राखेर व्रत बसे पनि व्रतका धेरै फाइदाहरू रहेका छन् । तपाईँले पनि व्रत बस्नुका फाइदाहरू थाहा पाउनु भयो भने पक्कै पनि कुनै धार्मिक अवसर पारेर वा वाहाना बनाएर व्रत बस्ने गर्नुहुन्छ ।

व्रतलाई धार्मिक दृष्टिकोणले जति हेरिन्छ यसलाई शारीरिक दृष्टिकोणले पनि उत्तिकै हेर्नुपर्ने मान्यता बढ्दै गएको छ । व्रत बस्नाले शरीर भित्र रहेको विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ भने यसले हाम्रो पाचन क्रियालाई समेत बलियो बनाउँछ ।

व्रत बस्दा हाम्रो शरीरमा भएको बोसो पग्लिने क्रम बढ्छ । जसको कारण शरीरबाट बोसोमा मात्रा घट्दै जान्छ ।

व्रत बसेको समयमा ठ्याप्पै नखाने भन्ने हुदैंन । यस्तो बेलामा झोल कुरा पिउनु राम्रो मानिन्छ । यदि व्रत सकिएपछि तपाईँहरू केही खानेकुरा खानुहुन्छ भने त्यस्तो खानेकुरा पौष्टिकताले भरिपूर्ण भएको हुनुपर्छ । यदि व्रत तोडेको लगत्तै चिल्लो खानेकुरा खानुहुन्छ भने त्यसले तपाईँको तौल बढाउन थप मद्दत गर्छ ।

व्रत बस्दा हामी कम क्यालोरीमै काम गरिरहेका हुन्छौ । यस्तो बेलामा हाम्रो शरीरमा ‘फ्याट सेल ल्याप्टिन’ नामक हार्मोन सक्रिय हुन थाल्छ । कम क्यालोरी भएको बेलामा यो हार्मोनले राम्ररी काम गर्न नपाउँदा हाम्रो तौल घट्न मद्दत गरिरहेको हुन्छ ।

कुनै धार्मिक अवसर पारेर व्रत बस्ने बानी बसाल्नु राम्रो हुन्छ । यसले शरीरलाई आनन्द दिनुका साथै शरीरले आफ्नो शरीरलाई शुद्ध बनाउन मद्दत गर्छ भने व्रत बस्दा पाचन प्रक्रियालाई राम्रो पनि बनाउँछ ।

व्रत बस्ने गर्नु भयो भने तपाईँको शरीरले नयाँ रोगसँग लड्ने रोग प्रतिरोधी क्षमताको विकास हुन्छ । युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका विशेषज्ञहरूले क्यान्सर रोगीहरूले व्रत बस्दा उनीहरूमा रोगसँग लड्ने क्षमता धेरै बढेको पाइएको थियो । अझ किमो थेरापी दिइरहेका बिमारीहरूलाई व्रत बस्दा झनै फाइदा भएको उनीहरूले पाएका थिए ।

व्रत बस्नाले मस्तिष्क स्वस्थ हुनुका साथै डिप्रेसनको समस्यामा समेत कमी आउने गर्छ । त्यसैले व्रत बस्दा मस्तिष्कको धेरै किसिमका समस्याहरू हट्दै जाने गर्छ ।
व्रत बसेपछि तपाईँलाई आफूले अरू बेला गरेको खानपिन कतिको गलत रहेछ भन्ने कुराको महसुस हुन्छ ।

केही अध्ययनहरूले व्रत बस्दा हाम्रो शरीरको मेटाबोलिकको स्तर ३ देखि १४ प्रतिशतले बढेको पाइयो । यदि व्रत बस्नु हुन्छ भने तपाईँको पाचन क्रिया र क्यालोरी बर्न हुनलाई धेरै समय नलाग्ने हुनसक्छ ।

आजकालको समय धेरैलाई तनावग्रस्त रहेको छ । यस्तो बेला व्रत बस्दा तनावलाई समेत कम गर्न सकिने पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?