बैंकको एटीएम फोड्न खोज्ने दुई पक्राउ

लोकपथ
119
Shares

दाङ । दाङमा बैंकको एटीएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरीका १८ वर्षीय सुवाश बिक र सुन्दरनगर टोलका १८ वर्षकै प्रकाश भुसाल बैंकको एटीएम फोड्न खोजेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको बताइएको छ । तोडफोड प्रयास गरेपनि उनीहरु सफल नभएको प्रहरी स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?