छिन्नमस्ता मन्दिरमा चाँदीको मुकुट चोरी

लोकपथ
325
Shares

सप्तरी । नेपालकै प्रसिद्ध शक्तिपीठ भगवति मन्दिरमा चोरी भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आइतवार साँझ चोरी भएको छ ।

साँझ करिब सबा ७ बजेतिर चाँदीको मुकुट चोरी भएको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिए ।
साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले बताए ।

मुकुटको खोजी तीव्र पारिएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?