खोप प्रमाणपत्र कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने

लोकपथ
539
Shares

काठमाडौं । सरकारले कोभिड–१९ खोप प्रमाणपत्रहरूको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको छ ।

कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएका चार वटा अस्पतालबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागबाट थप प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरे अनुरूप विभागले नेपालस्थित सबै विदेशी कूटनीतिक नियोगहरूलाई त्यसबारे जानकारी गराएको बताएको छ ।

साथै, विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई पनि त्यससम्बन्धमा आजै जानकारी गराएको विभागले एक प्रेस विज्ञप्ति जारी गरी आजै जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?