काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न बाटो खुलेको छ ।
देउवाले नेपाल पक्षलाई पनि सरकारमा लैजान पर्खेर बसेका थिए । तर एमालेमा आन्तरिक कलह समाधान गर्नेतर्फ नेताहरु लागेका कारण तत्काल नेपाल पक्ष सरकारमा सहभागी नबन्ने निर्णय गरेको छ ।
त्यसैगरी देउवालाई विश्वासको मत दिने बेला सहयोग गरेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय जनमोर्चाले देउवालाई साथ दिएपनि सरकारमा नगई प्रतिपक्षमै बस्ने जनाई सकेको छ । जसपाको उपेन्द्र यादव पक्ष भने सरकारमा जान लागेको छ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादवलाइृ दिइसकेको छ। यादवलाई हिजो जसपाले संसदीय दलको नेता समेत चयन गरेको छ ।
सरकारमा रहेको ५ दलीय गठबन्धनमा वरिष्ठ नेता नेपाल पक्ष एमाले र जनमोर्चा सरकारमा नजाने भएपछि अब ३ दल सरकारमा सहभागिता हुनेछ । कांग्रेस,माओवादी केन्द्र र जसपा । माधव नेपाल पक्षलाई र जसपालाई पर्खिदा मन्त्रिपरिषद विस्तार लम्बिएको थियो ।
देउवाले गत असार २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएका थिए । देउवा असार २८ मा सर्वाेच्च अदालतको परामादेशबाट प्रधानमन्त्री बनेका थिए।
उनले साउन ३ मा प्रतिनिधि सभाबाट विश्वासको मत पनि प्राप्त गरिसकेका छन् । देउवाले असार २९ मै ज्ञानेन्द कार्की,जनार्दन शर्मा,बालकृष्ण खाँण र पम्फा भुसाललाई मन्त्री बनाएका थिए । कार्की कानून,शर्मा अर्थ,खाँण गृह र भुसाल उर्जा मन्त्री बनेका छन् ।
साउन १० मा देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । मन्त्रिपरिषलाई पूर्णता दिन नसक्दा सरकारका काम समेत प्रभावित भएको भन्दै देउवाको आलोचना भइरहेको अवस्थामा अव एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउने एक कांग्रेस नेताले जानकारी दिए । माधव नेपाल पक्ष सरकारमा नआउने भएपछि कांग्रेस, माओवादी र जसपाको भागमा मन्त्रीको संख्या बढ्नेछ । नेपाल पक्षलाई छुट्याएर राखेका मन्त्रालय अब यी तीन पार्टीले बाँड्ने बताइएको छ ।
कांग्रेस : गुट ब्यवस्थापनको चुनौती
संविधानमा २५ जनाभन्दा बढी मन्त्रि बनाउन नपाइने व्यवस्था छ । कांग्रेसबाट दुइजना ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँण मन्त्री बनिसकेका छन् । माधव नेपाल पक्ष र जनमोर्चा सरकारमा नजाने भएपछि भाग लगाउनु परेन ।

संभवत यही सरकारले निर्वाचन गराउने भएकाले आकांक्षी धेरै भएपनि कांग्रेसमा प्रधानमन्त्री देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच भागवण्डा गरेर सन्तुलन मिलाउनु पर्ने हुँदा सुजाता कोइराला,प्रकाशमान सिंह, डा.मिनेन्द्र रिजाल, डा.नारायण खड्का,पुष्पा भुसाल, मीन बहादुर विश्वकर्मा,प्रमिला राई, प्रकाश स्नेही,तेजुलाल चौधरी,उमाकान्त चौधरी, राजन केसी,गगन थापा, सञ्जय गौतम, मोहन पाण्डे, डा. डिला संग्रैला,लालकाजी गुरुङ,भीमसेनदास प्रधान आदिको नाम चर्चामा छ ।
माओवादीमा पनि आकांक्षीको लर्को
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अप्ठ्यारो बेला साथ दिने धेरै नेताहरु भएपनि ती मध्ये छानेर मन्त्री बनाइने एक माओवादी नेताले बताए । माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

नयाँ बन्ने मन्त्रीको लाइनमा हरिबोल गजुरेल,देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ,बीना मगर, देव गुरुङ शिव कुमार मण्डल,अञ्जना विशंखे,जयपुरी घर्ती, सन्तकुमार थारु, यशोदा सुवेदी रहेका बताइएको छ ।
जसपामा पनि आकांक्षी धेरै
मन्त्री बन्नका लागि जसपामा धरै आकांक्षी देखिएका छन् । जसपाको आधिकारिकताको बिवाद पनि छ । निर्वाचन आयोगले जसपाको बिवाद अब केही दिनमा टुंग्याउने बताइएको छ ।

जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर मध्ये कसले आधिकारिकता पाउछ भन्ने चासो सबैको छ । यादव शुरुदेखि नै गठबन्धनमा सामेल छन् । ठाकुरले पनि देउवालाई विश्वासको मत दिएका छन् । जसपाबाट स्वयम् अध्यक्ष यादव,महेन्द्र राय यादव,मोहम्मद इस्तियाक राई,प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल लगायतले मन्त्रिपरिषमा जान इच्छा देखाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया