गृहमन्त्रीद्वारा देशभरका तुइन हटाउन निर्देशन

लोकपथ
2.8k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले देशभर संचालनमा रहँदै आएका तुइन हटाउन निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले देशभर संचालनमा रहँदै आएका तुइन हटाउन निर्देशन दिएका हुन् ।

उनले देशभर तुइन भएका स्थानमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिन पनि निर्देशन दिए ।

शुक्रबार महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा नेपाली युवा नदीमा खसेर बेपत्ता भएका थिए । त्यसपछि तुइन हटाउने विषयमा गृह मन्त्रीको यस्तो निर्देशन आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?