म्याद गुज्रिएको सामानमा ‘रिलेबलिङ’ भइरहेको घरमा प्रहरीको छापा

लोकपथ
112
Shares

काठमाडौं । म्याद गुज्रिएको सामानमा ‘रिलेबलिङ’ भइरहेको घरमा प्रहरीले छापा मारको छ ।

आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भर्‍याङस्थित एक घरमा छापा मारी म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने गरेको पाइएपछि दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज घर भएका अविनाश अग्रवाल र नाम नखुलेको अर्का एक व्यक्ति रहेका छन्।

म्याद गुज्रिएका सबै प्रकारका सामानहरू ल्याएर उनीहरुले अर्को म्याद भएको लेबल टाँसेर पुनः विभिन्न ठूला मार्टहरूमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अग्रवालले साढे तीन तल्लाको घर भाडामा लिएर यस्तो काम गर्दै आएको खुलेको छ । प्रहरीसहित पुगेको वाणिज्य विभागको टोलीले उक्त घर सिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?