काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले इजाजतबिना उपचारमा संलग्न रहेको आरोपमा तीन जना चिकित्सकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौं चाबहिल बस्दै आएका ३१ वर्षीय सौरभ कुमार, पिपरा गाउँपालिका–३ महोत्तरी घर भई काठमाडौं चाबहिल बस्दै आएका ४० वर्षीय डा. रावेत रञ्जन कुमार ठाकुर र बैतेश्वर गाउपालिका–६ स्थायी घर भई काठमाडौंको चाबहिल बस्दै आएका ४६ वर्षीय राधाकृष्ण तामाङ रहेका छन् ।
उनीहरुलाई काठमाडौंको चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होमबाट शनिबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) एवं ब्यूरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार उनीहरुले नेपाल मेडिकल काउन्सिलको अनुमतिबिनै चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेकजाँच गर्ने, चिरफार तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परको हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया