काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध कटाक्ष गरेका छन् ।
आइतबार (आज) तुलसीलाल अमात्यको स्मृती दिवसका अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले देउवा नेतृत्वको सरकारले भद्दा राजनीतीकरण सुरु गरेको आरोप लगाए ।
‘दमन गर्ने काम भइसक्यो। खाना खान नदिएर रोक्ने काम भइसक्यो। भद्दा राजनीतीकरण सुरु भइसक्यो। यो लोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी त्यस्ता सबै कुराको प्रतिवाद र आवश्यक प्रतिरोध पनि गर्छौँ ।’ उनले भने ।
वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै ओलीले वर्तमान सरकार बन्ने अवस्था आएको बताए ।
‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने स्थिति आएको हो । कम्युनिष्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृतिहरु छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । बिचारबाट पार्टी चलाउनुपर्छ । आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा बसेुर बेसरम कामहरु भएका छन् ।’ ओलीले भने ।
त्यसैगरी तुलसीलालका खास अनुयायी भएको दाबी गर्दै आन्दोलन र संघर्षको अथक प्रयास भएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया