शिवलिंगमा दूध किन चढाइन्छ ?

लोकपथ
234
Shares

श्रावणको सोमवारलाई भगवान् शिवजीको विशेष वारको रूपमा मानिन्छ । श्रावणको सोमवार भगवान् शिवलाई विभिन्न किसिमले पूजा आराधना गर्ने चलन नै रहेको छ ।

श्रावणको सोमवारका दिन शिवलिंगमा बिशेषत दूध, ध्यू, मह, दही र जल विशेष रूपमा चढाउने चलन छ । यसरी शिवलिंगमा यि पदार्थ चढाउनुको धार्मिक कारण त छ नै केही वैज्ञानिक कारणहरू पनि रहेका छन् ।

पौराणिक कारण

पौराणिक कथा अनुसार जब समुन्द्र मन्थन भएको थियो, त्यो बेला सबैभन्दा पहिला विष निस्कियो । यो बिषले पृथ्वीवासीलाई नै खतरा हुने देखियो । यो कुरा थाहा पाएपछि सबै भगवान्, दैत्यहरू भगवान् शिव कहाँ गएर पृथ्वी लोकका मानिसहरूको रक्षा गरिदिन हार गुहार गर्न थाले ।

त्यो विषको असर र त्यसको रापलाई सहन सक्ने क्षमता केवल भगवान् शिवजीसँग मात्र थियो । भगवान् शिवजीले संसारको कल्याण गर्न उक्त विषलाई आफ्नो कण्ठमा धारण गर्नुभयो । विषको असर र राप यति धेरै थियो कि त्यसको कारण भागवान् शिवजी घाँटी निलो नीलकण्ठ भयो, शिवजीको शरीर रापले पोल्न थाल्यो ।

विषको धातक प्रभाव शिवजीमा पर्न थालेपछि भगवान् शिवको जटामा विराजमान भएकी देवी गङ्गालाई समेत पर्न थाल्यो । गङ्गाले जल मार्फत शिवजीको शरीरमा भएको तापलाई कम गर्न थालिन् । त्यसले पनि भगवान् शिवजीको शरीरमा विषको राप नष्ट नभएको कारण अरू भगवानहरुले शिवजीलाई दूध ग्रहण गर्न आग्रह गरे । सबैले भनेपछि शिवजीले दूध ग्रहण गरेर दूधकै अभिषेक लिए ।

त्यही बेला देखि शिवलिंगमा दूध चढाउने परम्परा चलेको विश्वास रहेको छ । भनिन्छ दूध भगवान् शिवजीको प्रिय पदार्थ भएको र श्रावण महिनामा शिवलिंगमा दूधले स्नान गराएमा सबै किसिमको मनोकामना पुरा हुने विश्वास राखिन्छ ।

वैज्ञानिक कारण

शिवलिंगको निर्माण विशेष किसिमको ढुङ्गाबाट हुने गर्छ । उक्त ढुङ्गालाई खिइनबाट रोक्न त्यसमा दूध, ध्यू, मह जस्तो चिल्लो पदार्थहरू चढाइन्छ । जसको कारण शिवलिंगको आकार खिइनबाट रोक्ने गर्छ ।

यदि शिवलिंगमा चिल्लो पदार्थ अर्पन नगर्ने हो भने समय क्रममा घामपानीको प्रभावले शिवलिंग टुक्रिने सम्भावना हुन्छ । त्यसैले यसलाई सकभर भिजेको अवस्थामै राख्नु राम्रो हुन्छ । यसो गर्दा शिवलिंग हजारौँ वर्षसम्म नटुक्रिएर सग्लो नै रहन्छ । यसरी अर्पण गरेको चिल्लो पदार्थलाई कतिपय शिवलिंगले सोस्ने समेत गर्छ ।

शिवलिंगमा उचित समयमा मात्र दूध, ध्यू, मह, दही आदि अर्पण गरेर पूजा गर्ने चलन रहेको छ । कतिपय शिवलिंगमा सधैँ जसो यि पदार्थ हालेर पूजा गर्न नमिल्ने किसिमको हुन्छ । यि पदार्थहरू चढाएर हातले रगड्न नहुने किसिमका पनि हुन्छन् । त्यसैले यस्ता किसिमका अभिषेकहरू मुख्य रूपमा श्रावण महिनामा मात्र गरेर वर्षको एक पटक मात्र गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?