एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि पुनः बस्ने

लोकपथ
871
Shares

काठमाडौं । सोमबार (भोलि) पुनः बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक केहि ढिला गरी सुरु भएको थियो ।

तुल्सीलाल स्मृती प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको बैठकमा विभिन्न तीन विषयमा छलफलको शुभारम्भ गरिएको छ ।
पार्टीको महाधिवेशन, केन्द्रीय विभागहरुको गठन र पार्टी सदस्यता नविकरण लगायत एजेण्डाहरुमाथि छलफल सुरु भएको छ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भने अनुपस्थिती रहेको थियो । यता पार्टी उपाध्यक्ष वामदेव गौतम भने उपस्थिती रहेको थियो ।

अर्को बैठक सोमवार अपरान्ह ३ बजे सोही स्थानमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?