काठमाडौं । नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही गर्न माग गरेको छ ।
बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो ।
युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न आग्रह गरिएको छ ।
विद्यमान कानुनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शीता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाइ दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न युनियनले माग गरेको छ ।
देशको कूल ग्रार्हस्थ उत्पादन बराबरकै बजार पुँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशील र लगानीकर्ताको हित संरक्षणमा लाग्नुपर्नेमा त्यसो हुन नसकेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया