३१ आश्विन २०७८, आईतवार

नेपाली युवकको अमेरिकामा मृत्यु

२०७८,श्रावण,१७,आईतवार १७:०८


पर्वत । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवकको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।

विगत पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए ।

उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए ।

प्रकाशित मिति: २०७८,श्रावण,१७,आईतवार १७:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डाक्टर

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक

पर्वत । विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन्। पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३