अर्घाखाँची । अर्घाखाँचीमा छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।
आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय बुवालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती बाबुले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया