झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १२ अर्बभन्दा माथि

लोकपथ
65
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अङ्कले बढको छ । अघिल्लो हप्ता लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो ।

आज नेप्से १.२५ बिन्दुले बढेर ३०८१.०५ मा उक्लिएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ कायम भएको छ ।

कुल २२६ कम्पनीका ३ करोड ३४ लाख २ हजार ३५२ कित्ता १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँमा कारोबार भएको हो । कारोबार भएका कुल १३ उपसमूहरुमध्ये ६ वटा उपसमूहहरु सकारात्मक देखिए भने अरु ७ वटा नकारात्मक देखिएका छन् । हाइड्रोपावर ७९.९१ र ट्रेडिङ ७.६५ बिन्दुले बढेको छ । त्यस्तै जीवन बीमा कम्पनी २०९.३ र निर्जीवन बीमा कम्पनीको १७१.५७ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले शीर्ष स्थानमा रही ३६ अर्बभन्दा माथिको कारोबार गरेको छ। आज जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए । त्यसमा युनाइटेड मोदी हाइड्रोपावरले ३४ अर्बको कारोबार गरेको छ ।

त्यस्तै सिनर्जी पावर डेभलपमेन्टसहित ६ वटा कम्पनीको १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्वीटी फण्डको ६।९८ ले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?