साउन २६ गतेबाट लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा

लोकपथ
247
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई तोकेकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आइतबार जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घरबिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोकेकी हुन् । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?