जयसिंह धामी प्रकरण : दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग

लोकपथ
169
Shares

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका २ को मालघाटमा महाकाली नदीमाथि तुइन तरेर भारत तर्फ जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उक्त तुइन काटीदिँदा तुइनसँगै ३३ वर्षीय जय सिंह धामी नदीमा बेपत्ता भएको घटना अमानविय र आपत्तिजनक रहेको ब्यास गाउँपालिकाले जनाएको छ ।

भारतीय सुरक्षा निकायका जिम्मेवार जवानहरुबाट भएको हत्याको खबरले हामी स्तब्ध, दु:खी र आक्रोशित भएको जानकारी गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको होे ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ मानव अधिकारका सम्पुर्ण मुल्यमान्यताहरुको ठाडो उल्लघंन हुने यस्तो अमानविय र जघन्य अपराधको घोर निन्दा र भत्सर्ना गर्दछौँ । सदियौँदेखि एक आपसमा घनिष्ठ छिमेकीको रुपमा रहेको भारतले आपसी सदभाव, भाइचारा, बन्धुत्व, मैत्रीपूर्ण सम्बन्ध र बाच्न पाउने अन्तराष्ट्रिय माधव अधिकार जस्ता समाजिक मुल्य मान्यता समेतको ख्याल नगरीइ तुइन तरिरहेकै समयमा तुइन काटेर निर्दोष ब्यक्तिाको हत्या गर्नु अन्तराष्ट्रिय फौजदारी अपराध हो भन्ने हाम्रो ठहर छ ।’

गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो वास्तविकता सार्वजनिक गर्न माग समेत गरेको छ । त्यस्तै गाउँपालिकाले बेपत्ताको खोजी गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत विज्ञप्ति मार्फत माग गरेको छ ।

गाउँपालिकाले आफ्नो नागरिकलाई न्याय दिलाउन उच्चस्तरीय कुटनितिक पहल मार्फत उक्त अपराधिक घटनामा संलग्न भारतीय अधिकारीहरुलाई कानुनी कारबाहीको पहल गर्न विज्ञप्ति मार्फत नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?