साउन ३० गते केन्द्रीय कमिटी बैठक बोलाउने माओवादी केन्द्रको निर्णय

लोकपथ
130
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी साउन ३० गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्णय गरेको छ ।

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । साउन २० गतेका लागि बैठक बोलाउने भनिएपनि १० दिन समय सारेर साउन ३० गते बैठक बोलाउने निर्णय गरेको हो ।

त्यसैगरी साउन ३० भित्र सबै वडामा पार्टीको वडा कमिटी गठन गरेर त्यसको रिपोर्ट बैठकमा आउँदा केन्द्रीय सदस्यले अनिवार्य ल्याउनु पर्ने बताइएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाउन र त्यसको एजेण्डाबारे छलफल गर्नका लागि आज स्थायी कमिटी बैठक बसेको थियो । त्यस्तै आजको बैठकमा एमाले खनाल-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएकोबारे समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?