मानव अधिकार हनन र सैन्य हस्तक्षेपको विषयमा जी सेभेनद्धारा चीनको निन्दा

लोकपथ
221
Shares

तिब्बत । जी सेभेन मुलुकका विदेश मन्त्रीहरुले दक्षिण चीन सागर, हङकङ तथा उईघुरको विषयमा चीनको निन्दा गरेका छन् ।

चीनले हङकङ र अल्पसंख्यक उईघुरमाथि मानव अधिकार हनन गरेको र दक्षिण चीन सागरमा सैन्य अतिक्रमण गरिरहेको भन्दै जी सेभेन समूहका विदेश मन्त्रीहरुले आलोचना गरेका हुन् । ठूला अर्थतन्त्र भएका सात मुलुकहरु अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान (जी सेभेन) का विदेश मन्त्रीहरुले चिनियाँ गतिविधिको निन्दा गरेका हुन् ।

चीनको सिन्जियानमा अल्पसंख्यक मुस्लिम उईघुर जातिलाई बाध्य श्रममा प्रयोग गर्ने, हङकङमा लोकतन्त्रवादीहरु लक्षित कारवाही गर्ने र दक्षिण चीन सागरमा हस्तक्षेप गर्ने चिनियाँ गतिविधिबारे चिन्ता प्रकट गर्दै जी सेभेनका विदेश मन्त्रीहरुले संयुक्त विज्ञप्ति निकालेका हुन् । अल्पसंख्यक धार्मिक समुदायमाथि दमन साथै सिन्जियान र तिब्बतमा मानव अधिकार हनन गरेको विषयप्रति जी सेभेन राष्ट्रहरुले सधैँ चासो र चिन्ता व्याक्त गर्ने विज्ञप्तिमा बताईएको छ । ताईवान स्ट्रेटमा शान्ति र स्थायीत्व महत्वपूर्ण रहेको भन्दै पूर्व र दक्षिण चीन सागरको बिषयमा चिन्तित रहेको जी सेभेन नेतृत्वहरुले बताएका छन् । एकपक्षीय कदमले तनाव सिर्जना गर्ने र क्षेत्रीय स्थायीत्व तथा अन्तराष्ट्रिय कानुनसंगत व्यावस्था कमजोर बनाउने विज्ञप्तिमा बताईएको छ ।

हङकङमा स्वतन्त्रता र अधिकार जस्ता लोकतान्त्रीक मूल्य मान्यताका पक्षधरहरुलाई निशाना नबनाउन चीन र हङकङ सरकारलाई जी सेभेन विदेश मन्त्री समुहले आग्रह गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?