आफू एमाले ‘क्याडर’ भएको अभिव्यक्ति दिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग

लोकपथ
1.7k
Shares

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ ।

केही दिनअघि उपकुलपति सिंहले आफूले प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवालाई संसदीय भाषामा मात्रै माने पनि आफूले पूर्वप्रधानमन्त्री ओलीलाई नै कुलपति मान्छु भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिले विश्वविद्यालयको उपकुलपति पदको पदीय मर्यादा र आचरणको गम्भीर उल्लंघन भएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सो विषयका बारेमा सत्यतथ्य छानबिन गर्न समेत माग गरेका छन् ।

‘विश्वविद्यालयको विद्यमान शैक्षिक एवम् प्राज्ञिक समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा उपकुलपति पदको गरिमामै आँच आउँने गरी प्रा.डा. सिंहले दिएको भनिएको यस्तो अभिव्यक्तिको सत्यतथ्य के हो तत्काल सार्वजनिक गर्न प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल मध्यपश्चिम विश्वविद्यालयसँग जोडदार माग गर्दछ । साथै कुनै राजनीतिक दलका ‘क्याडर’ नै बन्ने हा भने अब सिंह नैतिक रुपमा उपकुलपतिको पदमा बसिरहनुको औचित्य छैन । त्यसले प्रा.डा. सिंहले पदबाट अभिलम्ब राजीनामा दिन माग गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उपकुलपति सिंहले आफू एमाले क्याडर रहेको बताउँदै चर्को आन्दोलन गर्ने अभिव्यक्ति दिएको आरोप समेत उपकुलपति सिंहमाथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?