सिन्धुपाल्चोकमा आएको बाढीबारे अध्ययन गर्न विज्ञ टोली जाँदै

लोकपथ
104
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीबारे अध्ययन गर्न विज्ञ टोली त्यसतर्फ प्रस्थान गर्न लागेको छ ।

पछिल्लो पटक आएको बाढीबारे विस्तृत अध्ययन गर्न खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो ।

केन्द्रका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार विज्ञ टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ ।

जल तथा मौसम विज्ञान विभागका निर्देशक एवम् वरिष्ठ मौसमविद विक्रम श्रेष्ठका अनुसार गत चौबिस घण्टाको अवधिमा सेरमाथाङ भन्ने स्थानमा २०.८ मिलिमिटर र धाप भन्ने स्थानमा ३७.८ मिलिमिटर पानी परेको रेकर्ड छ । मुहान क्षेत्रतिर पहिरो गएको पनि देखिएको छ ।

गएराति मेलम्चीमा आएको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?