पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

RSS
26
Shares

कर्णाली । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

‘सडक विभाग तथा स्थानीय तहसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ”, उनले भने, ‘आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।’

राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्ज आउने र सुर्खेतबाट जुम्ला जाने मालबाहक सामान बोकेका ट्रक तथा यात्रु बोकेका सवारी साधन अलपत्र परेका स्थानीयवासी स्थानीय राजबहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?