अफगानिस्तानको कान्धार एयरपोर्टमा रकेट हमला, सबै उडान रद्द

लोकपथ
884
Shares

काठमाडौं । अफगानिस्तानको कान्धार एयरपोर्टमा रकेट हमला भएको छ । तालिबानले एयरपोर्टमा तीनवटा रकेट हमला गरेको सञ्चार माध्यमले जनाएका छन् ।

रकेट हमलापछि अहिले कान्धार एयरपोर्टको सबै उडान रद्द गरिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगान सेना र तालीबानकाबीच संघर्ष जारी छ ।

पछिल्लो समय अफगानिस्तानमा तालीबानका हमला धेरै हुन थालेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?