युनियन लाइफको आईपीओ सेयर डिम्याट खातामा, कतिमा होला ओपनिङ रेञ्ज ?

लोकपथ
1.4k
Shares

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आजदेखि जम्मा भएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसा पाउने देखिएको छ ।

कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट सम्पन्न भएको थियो । उक्त आईपीओका लागि योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । बाँकी १५ लाख २७ हजार ७९९ जनाको हात खाली भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?