ब्राउन सुगरसहित २ जना पक्राउ, २० हजार रुपैयाँ बरामद

लोकपथ
494
Shares

झापा । प्रहरीले जिल्लाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागुऔषध ब्राउन सुगरसहित २ जनलाई पक्राउ गरेको छ ।

शनिबार दिउसो साढे ११ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ वर्षीय विवेक बानियाको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद २० हजार बरामद भएको हो ।

उनीहरुलाई अटोसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?