चर्चित पप गायक क्रिश वु बलात्कार आरोपमा पक्राउ

लोकपथ
1.7k
Shares

काठमाडौं । चर्चित पप गायक क्रिश वु पक्राउ परेका छन् । बलात्कारमा संलग्न भएको आशङ्कामा चिनियाँ प्रहरीले क्रिशलाई पक्राउ गरेको हो ।

केही समय अगाडी एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चिनियाँ-क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।

त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरिएको आरोप लगाएका छन्। वुले सबै आरोप अस्वीकार गरेका छन् । प्रहरीले क्रिशलाई हिरासतमा राखि घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

एक दर्जन विश्व प्रतिष्ठित ब्रान्डहरूले घटनापछि वुसँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेका छन्।

सुरुमा वु केटाहरू सम्मिलित के पप समूह इएक्सओको सदस्यका रूपमा चर्चामा आएका थिए। सन् २०१४ मा उनले सफल एकल गायन, अभिनय, मोडलिङ र ट्यालेन्ट सोको निर्णायक बन्न उक्त ब्यान्ड छाडेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?