आजको बजार : घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
546
Shares

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार २ सय ८५ रहेको थियो । भने आज सोहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?